काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् भने एक जनाको मृत्यु भएको हो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ । बुधबार कोरोनाबाट थप एक जनाको मृत्यु भएसँगै मृत्यु हुने कूल सङ्ख्या १२ हजार २२ पुगेको छ ।

तीन महिनापछि हिजो मंगलबार कोरोना संक्रमणबाट एक जनाको निधन भएको थियो । यसअघि २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय