काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले सुर्तिजन्य पदार्थमा करको दायरा बढाउन सुझाएकी छन् ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारलाई यस्तो सुझाव दिएकी हुन् ।

विश्व स्वाथ्य संगठनले पनि बारम्बार नेपाललाई सूर्तिजन्य पदार्थमा करको दायरा बढाउन आग्रह गर्दै आएको तर, नेपालले त्यसलाई कम हत्व दिएको उनको भनाइ छ ।



