सासूमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए।

सार्वजनिक भएको भिडियोमा उनीहरूले न्यौपानेलाई यातना दिँदै लछारपछार गरेको देखिन्छ। स्थानीयका अनुसार मानसिक सन्तुलन गुमाएकी न्यौपाने बोल्नसक्दिनन्। उनका श्रीमान् समेत शारीरिकरूमा अपाङ्ग छन्।



