लमजुङका बाढीपहिरो पीडितले आगामी दशैंमा नयाँ घर पाउने भएका छन् । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेगाउँका पहिरोपीडितका लागि निजी आवास निर्माणकार्य आगामी दशैं अगावै सम्पन्न हुने भएकाले दशैंबाट नयाँ घरमा बस्न पाउने भएका हुन् ।
त्यस्तै, एक घर बाहुनडाँडामा बन्ने चरणमा रहेको गाउँपालिकाले जनाएको छ । पहिरोले गाउँ नै जोखिममा परेपछि स्थानान्तरणका लागि नयाँ घरमा निर्माण तीव्र गतिमा अघि बढिरहेको र दशैंमा नयाँ घरमा उनीहरू बस्न पाउने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ ।

सो पहिराले जोखिम बढाउँदै आएपछि विसं २०७५ मा घरमा नबस्न वडा कार्यालयले अनुरोधसमेत गरेको थियो । तर उनीहरुले पहिराको बेवास्ता गर्दै आएपछि विसं २०७७ मा गएको पहिराले गाउँ नै विस्थापित बनाएको थियो । घर नुहँदा कष्टकर जीवन बिताउँदै आएका उनीहरुले यसपालिकाको दशैंमा नयाँ घर पाउने भएसँगै हर्षित भएका छन् । रासस



