कैलाली : नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता बाजुरा सदरमुकाम मार्तडीबाट पक्राउ परेका छन्।

बन्द गराउँदै हिँडेका उनीहरूलाई प्रकाउ गरेको बाजुरा प्रहरीले जनाएको छ।

पार्टीका बाजुरा जिल्ला सचिव भुपेन्द्र विक (एण्डिज), केन्द्रीय सदस्य मान बहादुर रावत, जिल्ला कमिटी सदस्य सुक नेपाली पक्राउ परेका हुन्।

यस्तै डोटीको दिपायलबाट पनि दुई नेता पक्राउ परेका छन्।

मंगलबार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका जिल्ला सचिवालय सदस्य मोहन कठायत र प्रकाश कठायत पक्राउ परेका हुन्।

विप्लवनेतृत्वको नेकपासहित ४ पार्टीले गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि देखिएको छ। मंगलबार बिहानैदेखि प्रदेशका सडक र चोकहरूमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।

प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका अनुसार प्रदेशका ठाउँठाँउमा शंस्कापद वस्तु फेला परेका छन्।

प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार प्रदेशभरीका बस टिकट काउन्टर बन्द  छन्। यस्तै लामो तथा छोटो दूरीका सवारी साधन नचलेको प्रहरीले बताएको छ।

कैलाली र कञ्चनपुरमा अटोरिक्सा तथा मोटरसाइकल भने फाट्फुट्ट चलिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय