पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले कश्मीर मामिलाको समाधान वार्ताबाट गर्न आफू तयार रहेको बताएका छन्।
भारत र पाकिस्तानबीचको सम्बन्ध पछिल्लो ७५ वर्षयता अधिकतम् समय तनावपूर्ण रहेको छ।

यसको मुख्य कारण कश्मीरको विवाद नै हो। भारतले पाकिस्तानमाथि कश्मीर मामिलालाई लिएर चरमपन्थीहरुको प्रयोग गरेको आरोप लगाइरहेको छ।
भारतले जम्मु र कश्मीर आफ्नो अभिन्न अंग भन्दै आएको छ। भारतले उक्त भूभाग आफ्नै रहेको जिकिर गरिरहेको छ।
अर्कातिर पाकिस्तानको तर्क भने भारत विभाजनपछिको अवस्थामा पूरा कश्मीर आफ्नो हुनुपर्ने अडान राख्दै आएको छ।



