सिरहाको औरही गाउँपालिकामा अध्यक्ष पदका लागि १३ जना र उपाध्यक्ष पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन कार्यालय सिरहाले सार्वजनिक गरेको नामावली अनुसार जनता समाजवादी पार्टी नेपालका तर्फबाट शिवजी यादव, माओवादी केन्द्रका तर्फबाट सिद्धार्थ यादव, काँग्रेसका तर्फबाट सुवासकुमार दास, एमालेका तर्फबाट वीरेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट रमनी देवी सिंह, राप्रपाका तर्फबाट सुकदेव यादव, नेपाल जनता पार्टीका तर्फबाट रामविलास यादव, जनमत पार्टीका तर्फबाट संजय यादव र स्वतन्त्र फुलोदेवी यादव, भागवत यादव, सुरेन्द्र यादव, प्रताप कुमार यादव र अरुण कुमार यादवले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै उपाध्यक्षमा जसपाका तर्फबाट रेणु कुमार यादव, माओवादी केन्द्रका तर्फबाट शोभा देवी यादव, काँग्रेसका तर्फबाट सीता कुमारी, एमालेका तर्फबाट शोभादेवी यादव, माओवादी केन्द्रका तर्फबाट विनिता कुमारी यादव, जनमत पार्टीका तर्फबाट गणिता यादव र स्वतन्त्रमा पुनम कुमारी यादव, राजवंशी यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

वडा अध्यक्षका लागि वडा नम्बर १ मा सातजना, वडा नम्बर २ मा पाँच जना, वडा नम्बर ३ मा ६ जना, वडा नम्बर ४ मा ६ जना र पाँचमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार साँझ ५ भित्र परेका उम्मेदवारीलाई इन्ट्री गर्दागर्दै ढिलो भएको कारण उम्मेदवारको नामावली आज सार्वजनिक गरिएको हो । उम्मेदवारको विरोधमा उजुरी आएपछि त्यसमाथि छानविन गरी बैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय