अपन दैनिक ब्यूरो ।
सिरहा । स्थानीय तह निर्वाचन–२०७९ अन्र्तगत सिरहामा मुख्य दलहरुले मनोनय दर्ता गराएका छन् ।
दोस्रो दिन ५ बजेसम्ममा सवै पदमा गरी एक हजार ५ सय २६ जनाको मनोनय दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
सिरहाको १७ वटै पालिकाको दल र स्वतन्त्र गरी प्रमुखमा एक सय २४, उपप्रमुखमा ७५, वडा अध्यक्षमा ३ सय ६८, वडा सदस्यमा ४ सय ६८, महिला सदस्य २ सय ३६ र दलित महिला सदस्यमा २ सय ४० गरी १ हजार ५ सय २६ जनाको मनोनय दर्ता भएको छ । मनोनय दर्ता ढिला भएकोले यकिन विवरण आउन समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

सिरहा नगरपालिका : मुख्य राजनीतिक दलको उम्मेदवारी
सिरहा नगरपालिकामा मुख्य राजनीतिक दलका उम्मेदवारहरुले सोमवार मनोनयन दर्ता गराएका छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) वाट निर्वतमान प्रमुख अशेश्वर प्रसाद यादवले प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी उपप्रमुखमा शशी मित्रा माझी मुसहरले उम्मेदवारी दर्ता गराएकी छिन् । जसपा नेपालको मनोनयन दर्ता गर्न सलहेश दरबार परिसरबाट जुलुस निस्किएको थियो ।

यस्तै नेकपा एमालेवाट प्रमुखमा डा नविन कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा वविता कुमारी साहले उम्मेदवारी दर्ता गराएकी छिन् । नेकपा एमालेले मनोयन दर्ता गर्र्ने क्रममा जुलुस सिरहा क्याम्पसको परिसरवाट निकालेका थिए ।
यस्तै नेकपा एकीकृत समाजवादी पार्टीवाट प्रमुखमा रीता यादवले उम्मेदवारी दर्ता गराएकीछिन् । उपप्रमुखमा रविन्द्र साहले उम्मेदवारी दर्ता गराए । नेकपा एकीकृत समाजवादीले पंचमुखी हनुमानजी मन्दिर परिसरवाट जुलुस निकालेका थिए ।
यता नेपाली काँग्रेसवाट प्रमुखमा उपेन्द्र कुमार यादवले मनोनयन दर्ता गराएका छन् । उपप्रमुखमा सरीता कुमारी यादवले उम्मेदवारी दर्ता गराएकी छिन् । काँग्रेसको जुलुस हुलाकी सडकमागको प्रमुखका प्रत्यासी यादवको घर नजिकैवाट निकालिएको थियो ।

यससँगै नेकपा माओवादी केन्द्रवाट प्रमुखमा मनोज गोप र उपप्रमुखमा रेखा कुमारी राम, जनमत पार्टीवाट प्रमुखमा राजकुमार त्यागी र उपप्रमुखमा विमला कुमारी यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)वाट प्रमुखमा कमल राय, लोकतान्त्रिक समाजवादी पार्टी नेपालवाट प्रमुखमा राजकुमार महरा र उपप्रमुखमा मलिका देवी साहले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिृकत प्रकाश खरेलले बताए ।
सामाचार तयार पार्दा सम्म सिरहा नगरपालिकामामा प्रमुखमा १४ जना, उप प्रमुखमा १० जना, वडा अध्यक्षमा ६८ जना, खुल्ला सदस्यमा ९२ जना, महिला सदस्य र दलित महिला सदस्यमा ४४/४४ जनाले मनोनय दर्ता गराएको मुख्य निर्वाचन अधिकृत खरेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय