जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द विप्लब समूह)का केन्द्रीय सदस्य देवनारायण शाहसहित २१ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय ढल्केवरले एमसीसी विरोधमा पूर्व–पश्चिम राजमार्ग बन्द गराउँदै हिंडेका २१ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ६ जना महिला र १५ जना पुरुष रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएको छ। एमसीसीको विरोधमा ६ दल र दुई मोर्चाले बुधबार नेपाल बन्दको आह्वान गरेका थिए। धनुषामा बन्दको प्रभाव न्युन देखिएको छ।




