जनकपुरधाम । धनुषामा एक युवकमाथि गोली प्रहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१९ मा शनिबार राति गोली चलेको हो ।

गोली लागेर १८ वर्षीय मुकेश मुखिया घाइते भएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दए । उनका अनुसार किराना पसलमा बसेर ६/७ जनाको समूह कुराकानी गरिरहँदा एक्कासि उनीमाथि गोली प्रहार भएको थियो ।

मुखियाको चिउँडोमा लागेको गोली घाँटीमा गएर अड्किएको छ । उनलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको छ । गोली कसले प्रहार गरेको भन्ने खुलेको छैन ।

प्रहरीले घटनस्थलबाट पेस्तोल बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय