सिरहा । सिरहा नगरपालिकाले नगरक्षेत्रमा रहेका संस्थागत विद्यालयलाई कडाई गरेको छ ।
शैक्षिक सुधार ल्याउन नीतिगत निर्णय गरेको सिरहा नगरपालिकाले चालू शैक्षिकसत्रदेखि अनिवार्य रुपमा पाठ्यपुस्तकमा एकरुपता ल्याउन निर्देशन दिएको छ । सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले गत फाल्गुनमा संस्थागत विद्यालयहरुसंग भएको छलफलको आधार चालू शैक्षिकसत्रदेखि अनिवार्य रुपमा पाठ्यपुस्तकमा एकरुपता ल्याउन निर्देशन सहितको पत्र पठाएको छ । निर्देशन अवज्ञा गर्ने संस्थागत विद्यालयको सुविधा कटौती गर्ने र कारबाही प्रक्रिया अगाडि बढाउने पत्रमा उल्लेख गरिएको छ ।

सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवको नेतृत्वमा गत फाल्गुनमा सामुदायिक र संस्थागत विद्यालयका प्रध्यानाध्यापक र संचालकहरुको बैठकवाट सिरहा नगरक्षेत्रको शिक्षालाई सुधार गर्ने, गुणस्तरीय बनाउने उदेश्य पूर्ति गर्न विभिन्न नीतिगत निर्णय गरेको थियो । जस अन्र्तगत सिरहा नगरक्षेत्र भित्र संचालनमा रहेको सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुले वार्षिक परीक्षा एक समयमा लिनुपर्ने निर्णय गरेको थियो । परीक्षा एकै समयमा लिने निर्णयले डुप्लीकेशन दावी नगरपालिकाको रहेको थियो ।

त्यससँगै सिरहा नगरपालिका भित्र सञ्चालनमा रहेको सवै संस्थागत (नीजि) विद्यालयहरुले पाठ्यपुस्तक एकै प्रकारको राख्नुपर्ने निर्णय गरेको थियो । विद्यालय पिच्छे विभिन्न प्रकाशकका किताब पठनपाठनमा नीजि विद्यालयले प्रयोग गर्दा त्यसको मारमा अभिभावक परेको गुनासोलाई सम्बोधन गर्दै सिरहा नगरपालिकाले सवै नीजि विद्यालयमा एकै प्रकारको पाठयक्रम लागू गर्दा किताबमा हुने कमिसनखोरी र ठगी रोकिने मेयर डा यादवले बताएका थिए ।

सिरहा नगरपालिकाको अह्वानमा नगरक्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका प्रअ र संचालकहरुको फाल्गुण ७ गते बैठक बसेर निर्णय गरेको छ ।
स्थानीय तहलाई संविधानले दिएको एउटा मुख्य जिम्मेवारी भनेको शिक्षामा नेतृत्व हो । त्यही सिरहा नगरपालिकाले ढिलाई गरेपनि शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा र सर्वसुलभ रुपमा सवैलाई शिक्षा प्रदान गर्ने गरी नीतिगत निर्णय लिनु राम्रो संकेत गरेको जानकारहरु बताउँछन् । यसले नीजि विद्यालयहरुलाई नियमन गर्न सकिने, गुणस्तरीय मापदण्ड पूरा गर्न लगाउने, आधारभूत सुविधाभन्दा वढी भएर हल्ला गर्ने र चर्को मूल्य असुल्ने जस्ता कृयाक्लापलाई लगाम लगाउन सक्ने शिक्षा क्षेत्रका जानकारहरु बताउँछन् ।

सिरहा नगरपालिका क्षेत्रको सवै सामुदायिक विद्यालय र संस्थागत एवं धार्मिक विद्यालयलाई अब एउटै नजरबाट हेर्दै शैक्षिक गुणस्तरमा वृद्धि गर्ने अभियानलाई जोडतोडले नगरपालिकाले नेतृत्व दिनुपर्ने आवश्यकता रहेको छ । सिरहा नगरपालिकाले गरेको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गराउन जोड दिनुपर्छ । निर्णय गरेर वेवास्ता गर्दा सिरहामा शैक्षिक सुधार हुन नसक्ने अवस्था छ । त्यही भएर नगरपालिकाले गरेको निर्णय पूर्ण रुपमा कार्यान्वयन गराउन आफू अगाडी वढेको सिरहा नगरपालिकाका मेयर डा यादवले बताएका छन् । निर्णय गरेर कार्यान्वयन भएन भने त्यसले झन् विकृत ल्याउने भएकोले पूर्ण रुपमा कार्यान्वयनमा जोड दिएको मेयर डा यादवले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!