मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन् । मंगलबार मुख्यमन्त्री यादवले कांग्रेस, जनमत र लोसपाको बहिष्कारबीच विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री यादवको पक्षमा ६१ मत प्राप्त भएको छ ।

सुरुमा बैठकमा सबै दल भए पनि कांग्रेस, जनमत र लोसपा बाहिरिएपछि ६१ जना सांसद उपस्थित थिए । उपस्थित सबै सांसदले मुख्यमन्त्री यादवलाई मत दिएका हुन् ।

१ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवलाई विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक पर्थ्यो । सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस रहेका छन् । गठबन्धनबाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने सरकारबाटै आजै बाहिरिएको छ ।

प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, जसपाका १९, माओवादीका ९ र नेकपा एसका ७ सांसद छन् । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १/१ सांसद छन् ।

त्यस्तै कांग्रेसका २२, जनमतका १३ र लोसपाका ९ सांसद छन् । लोसपाको ९ सांसद भए पनि एक जना सांसद अभिराम शर्मा फरार सूचीमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!