श्रावण २०, २०७६ मा प्रकाशित
२७ पटक पढिएको

जनकपुरधाम/ सरकारले झुटो विवरण पेश गरी नागरिकता लिएका ८ जनाको नागरिकता खारेज गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाका अनुसार अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्द भएको छ । यि सूचीमा रहेको राजेन्द्र महतो राजपा नेता भनेर कतिपय मिडियाले सामाचार सम्प्रेशन गरेका छन् ।

तर राजपा नेता राजेन्द्र महतोको भने नागरिकता खारेज भएको छैन । नेता महतोका स्वकिय सचिव किशोर गुरुले सलहेश न्यूजसँग भने– सरकारले नागरिकता खारेज गरेको सूचीमा रहेको राजेन्द्र महतो अरु व्यक्ति हो ।’

केहि मिडियाले हावाको भरमा गलत समाचार सम्प्रेशन गरेको समेत उनले दावी गरे । झुठो समाचार लेख्नेहरु विरुद्ध मुद्दा हाल्ने पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय