सिरहा । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले सिरहा पुस्तकालय निकै पूरानो भएको र आफू बाल्यकालमा पढ्न आउने गरेको स्मरण गरेका छन् । सिरहा पुस्तकालयले आयोजना गरेको ‘विद्यालयमा पुस्तकालयको महत्व’ विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर डा यादवले पुस्तकालय कसरी राम्रो बनाउने, कसरी यसलाई ज्ञान आर्जनमा उपयोग गर्नेमा केन्द्रित हुनुपर्ने बताएका छन् । सिरहा नगरपालिकाले सिमित स्रोतसाधनको बाबजूत सिरहा पुस्तकालयलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराउन प्रयासरत रहेको भन्दै मेयर डा यादवले केन्द्र र प्रदेशले बजेट पठाउन कन्जुसियाई गरिरहँदा विकासका काम अगाडी बढाउन केही समस्या हुने गरेको बताएका छन् ।

सिरहा पुस्तकालयलाई प्रादेशिक पुस्तकालयको रुपमा विकास गर्न सिरहा नगरपालिकाले चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको भन्दै मेयर डा यादवले आफूले सिरहा नगरपालिका क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा लागेको बताएका छन् । डिजिटल रुपमा उपयोग गर्ने गरी सिरहा नगरपालिकाले चाँडै सिरहा पुस्तकालयलाई कम्प्युटर लगायतको सामग्री उपलब्ध गराउने भन्दै मेयर डा यादवले पठन संस्कृतिको विकास गर्न जुट्नुपर्ने बताएका छन

शिक्षकहरुलाई ओरियन्टेशन
विद्यालय विकासमा पुस्तकालय विषय अन्तरक्रियामा सहभागी सामुदायिक र संस्थागत विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, पुस्तालयका प्रमुख लगायतलाई प्रविधिसँग आबद्ध भएर पुस्तकालयलाई प्रभावकारी बनाउन प्रशिक्षण दिईएको छ । केसर पुस्तकालय काठमाडौंका प्रमुख सुरेश यादवले ‘विद्यालय शिक्षामा पुस्तकालय र स्रोतहरुको प्रयोग’ सम्बन्धी प्रशिक्षण दिएका छन् । प्रशिक्षणका क्रममा विद्यालयहरुमा इ–रिर्सोसेजको उपयोग गर्नुपर्ने र त्यसमा सहज पहुँच बढाउन सहभागीहरुलाई आग्रह गरेका थिए ।

सिरहा पुस्तकालयले सार्वजनिक गरेको एक महिने विशेष कार्यक्रम अन्र्तगत विद्यालयमा पुस्तकालयको महत्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । सिरहा पुस्तकालयको अध्यक्ष सुरेन्द्र कुमार कामतिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल स्काउटका मधेश प्रदेश संयोजक दिनेश कुमार यादवले सिरहा पुस्तकालय ऐतिहासिक भएकोले सवैले पठन संस्कृतिको विकास गर्ने गरी सक्रियता बढाउनु पर्नेमा जोड दिएका थिए । सिरहा पुस्तकालयका उपाध्यक्ष भोगेन्द्र साहले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष हितेन्द्र गोहिवारले सहभागीहरुलाई स्वागत गरेका थिए । अपन दैनिकका प्रकाशक सम्पादक शुभनारायण कामती, नवजागृतिका सम्पादक बद्रीनारायण यादव लगायका पत्रकारहरुको सहभागिता रहेको थियो ।
यस्तै कार्यक्रममा सहभागी सामुदायिक र संस्थागत विद्यालयका प्रध्यानाध्यापक र शिक्षकहरुले आ–आफ्नो विद्यालयमा पुस्तकालयको अवस्था के कस्तो रहेको भन्ने जानकारी दिएका थिए । चन्द्र मावि सिरहा, बालमन्दिर सिरहा, जमावि फूलबरीया, ब्रझजमावि माडर, मावि रमौल, मावि सन्हैठा, सानामावि सारस्वर, मोहन मावि मिर्चैया, सगरमाथा मावि मिर्चैया, जमावि सोनवर्षा, मोर्निङ पर्ल एजुकेशनल एकेडमी, शिद्र्धाथ शिशु निकेतन, मिथिला बोर्डिङ स्कूल लगायतका विभिन्न विद्यालयबाट सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय