सिरहा । स्थायी शिक्षकको तुलनामा बालबिकासको शिक्षिका अव्वल रहेको दावी पालिकाका अध्यक्षले गरेका छन । सिरहाको अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक यादवले, गाउँपालिका मातहतका १४ बिद्यालयमा कार्यरत शिक्षक मध्ये बालबिकासको शिक्षिका अव्वल रहेको र पेसागत क्षमतामा थप निखार ल्याउन उनीहरुका लागी पालिकावाटै मन्टेश्वरी तालिमको लागी आफुले बजेट बिनियजन गर्ने बताउनुभयो । कक्षा १ देखि ३ सम्म लागु भएको एकिकृत पाठयक्रम सम्बन्धी तालिमको ब्यवस्था पालिकावाटै मिलाउने आफुहरुको योजना रहेको उनले बताए ।

अर्नमा गाउपालिकाले शिक्षा सुधारका लागी के कस्ता प्र्यासहरु गरेका छन ? भन्ने प्रश्नको जवाफमा पालिकाका अध्यक्ष यादवले, शिक्षक अवावमा पठनपाठन भैरहेको समस्या समाधान गर्न स्वयंसेवक शिक्षकको ब्यवस्था पालिकाले गरेको र रिक्त दरवन्दी पूर्ति गर्न १४ बिद्यालय मध्ये १३ बिद्यालयमा ब्यवस्थापन समिति गठनको काम सम्पन्न भएको बांकी रहेको एक बिद्यालयमा समेत समिति गठनपछि एकसाथ बिद्यालयहरुमा रहेको रिक्त दरवन्दी पूर्तिका लागी बिज्ञापन गर्ने योजना रहेको उनले बताए । दरबन्दी मिलान गरी बिषयगत शिक्षकको अभावलाइ पुर्ति गर्न आफुहरुको योजना रहेको र सोका लागी इकाई प्रमुख संग पटक पटक छलफल भैरहेको बताउनुभयो ।
बिद्यालयको कामकाज पारदर्शी गर्न र सूचना लिने र दिने संस्कृतिको बिकास गर्न बिद्यालयहरुमा समेत सूचना अधिकारीको ब्यवस्था गरिएको उनी बताउछन तर शिक्षकको अवस्थामा परिवर्तन ल्याउन चुनौती देखिएको उनको बुझाइ छ । संघीय ऐन जारी हुनुपर्ने र पालिकालाइ कार्वाही गर्नसक्ने सम्मको अधिकार प्राप्त भएपछि मात्र शिक्षामा सुधार हुने अध्यक्ष यादवको बुझाइ रहेको छ ।

बिद्यालयको कामकाज पारदर्शी न हुने, बिद्यालयहरुले विद्यार्थीहरुबाट बिभिन्न बहानामा शुल्क उठाउने, फर्जी र गयल विद्यार्थीको नाममा दीवाखाजा, पाठयपुस्तक, छात्रवृत्ति बितरणमा ब्यापक अनियमितता हुने गरेको गुणासो रहेको सन्दर्भमा पालिकाका अध्यक्ष यादवले जनताले गरेको गुणासो जस्तो अवस्था न रहेको र जनताले गरेको गुणासो जस्तै कुनै बिद्यालयले त्यस्तो काम गर्न खोजेको प्रमाण फेलापरे पालिकाले कार्वाही गर्ने उनले बताए । पालिकाले बिद्यालयवाट र बिद्यालयले विद्यार्थीबाट प्रश्नपत्रको नाममा लिने शुल्कको कानूनी आधारको खोजी गरेपछि सिरहाका पालिकाहरुले प्रश्नपत्र र उतरपुस्तिका पालिकाबाटै उपलब्ध गराउने निर्णय गरेका छन ।

प्रश्नपत्र र उतरपुस्तिका पालिकाबाटै
सूचनाको हकका अभियन्ता परशुराम साहले सूचनाको हक सम्बन्धि ऐनले दिएको अधिकार प्रयोग गरी सिरहाका १७ वटै पालिकासंग सूचना मांग गरेपछि पालिकाहरुले पालिकाबाटै प्रश्नपत्र र उतरपुस्तिका उपलब्ध गराइने ब्यहोराको सूचना सहित परीक्षाको वार्षिक कार्यक्रम संचालन सम्बन्धी सूचनाहरु जारी गरेका छन ।
यस अघि पालिकाहरुले, परीक्षा समिति गठन गरेर बिद्यालयहरुवाट प्राबि, निमावि र माबिका प्रश्नपत्रको छुट्टाछुट्टै दररेट तोकी पालिकाहरुले बिद्यालयवाट र बिद्यालयहरुले बिद्यार्थीहरुवाट रकम असूल गर्दैआइरहेका थिए ।

तर प्रश्नपत्र बापत संकलित ती रकम कसका नाउबाट कुन बैकको कति नम्बर खातामा कति रकम जम्मा भयो ? र ती मध्ये कति रकम कुन प्रयोजनमा खर्च भयो ? सोको जवाफ पालिकाहरुले दिन सकेका छैनन ।

२०७९ सालको स्तरमापन परीक्षाको नाउमा कल्याणपुर नगरपालिका भित्रका बिद्यालयहरुले परीक्षा शुल्कको नाउमा विद्यार्थीहरुवाट रू ३००/– का दरले, लक्ष्मीपुरपतारी गाउँपालिका अन्तर्गतका बिद्यालयहरुले ५५०/– देखि ८५०/– र शिक्षा बिकास तथा समन्वय इकाई, सिरहाले एस इ इ परीक्षाको फारम बापत रू २० का दरले अवैध असूली गरेको ब्यहोराको समाचार बाहिरिएपछि र सूचनाको हकका अभियन्ता साहले सामाजिक संजाल मार्फ्त नियमित निगरानी र बिरोध गरेपछि सिरहाका पालिकाहरुले अवैध असूलीमा रोक लगाएको हो तर संबैधानिक र कानूनी रुपमा राज्यले गरेको निशुल्क शिक्षाको पूर्ण ग्यारेन्टी स्थानीय सरकारहरुले गर्न न सकेको गुणासो यथावत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!