ADVERTISEMENT
प्रदेश नं २समाचार

मधेस प्रदेशमा ताजिया मेलाको रौनक

ADVERTISEMENT
ADVERTISEMENT

जनकपुरधाम । तराई मधेशका इस्लाम धर्मावलम्बीले मोहरममा आयोजना गर्ने ताजिया (दाहा) मेला मनाइरहेका छन् । इस्लाम धर्मका लागि ज्यानको आहुति (बलिदानी) दिने हजरत हसन र हजरत हुसेनको सम्झानामा यहाँका मुस्लिम समुदायहरू इस्लामिक महिना मोहरममा ताजिया (दाहा) मेलाको आयोजना गर्दै आएका छन् ।

ADVERTISEMENT

जनकपुरधाम उपमहानगरपालिका  बन्धी, पिपरा गाउँपालिकाको हर्दिया, लक्ष्मीनिया गाउँपालिकाको गजरिया, महोत्तरीको धवौली  लगायतका स्थानमा ठूला दाहा (तजिया) मेलाको आयोजना गरिएको छ । ताजिया बनाउने चलन नेपाल, भारत, पाकिस्तान, बगंलादेशसहितका मुलुकहरूमा  छ ।

दाहा मेलामा मुस्लिम समुदायका युवाहरूले विभिन्न प्रकारका कलात्मक खेलहरू प्रदर्शन गर्नेछन् भने महिलाहरूले हसन हुसेनको सम्झनामा गीत गाउने गर्छन् । तर पछिल्लो समय महिलाहरूले गति गाउने चलन हराउँदै गएको छ । मेलाको अन्तिम राम्रो खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई तगमा (शिल्ड)  वितरण गर्ने चलने छ ।

मोहरम महिनाको नवौँ दिन अर्थात् सोमबार पहिलो दिन मेलाको अन्य गाउँमा गएर खेलाडीहरूले खेल प्रदर्शन गरे भने दोस्रो दिन मंगलबार आफ्नै गाउँकै मैदानमा दुई वा दुईभन्दा बढी ताजियाको मिलान अर्थात् जोरा लगाइने चलन छ ।

इस्लामिक क्यालेण्डरअनुसार अहिले मोहरम महिना चलिरहेको छ । मोहरम इस्लामिक क्यालेण्डरको पहिलो महिना हो । मोहरम महिना इस्लामिक क्यालेडरअनुसार नयाँ वर्षको पहिलो महिना पनि हो । यो महिनामा नै इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद पैगम्बर (स.)का नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको संरक्षणका लागि आफ्नो ज्यानको आहुति (बलिदानी) दिएका थिए ।

हजरत हसन र हुसैनले यहुदीहरूबाट धर्म संरक्षणको लडाइँमा शहीद भएका कारण उनिहरूकै सम्झनामा मुस्लिम समुदायले मोहरममा महिनामा तजिया बनाएर गम अर्थात दुःख मनाउने गर्छन् । तर इस्लामिक धर्मगुरुले तजिया नबनाएर पनि उहाँको सम्झिन सक्ने बताउँछन् ।

खेलतमसा वा दाहा नै बनाए हसन हुसेनलाई सम्झनु गलत रहेको इस्लामिक धर्मगुरुहरूको भनाइ छ । उनीहरूले यो महिनामा बढीभन्दा बढी धार्मिक तथा पुण्यको काम गर्न सुझाव दिन्छन् ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!