सिरहा । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) नगर कमिटी सिरहाले थुनामा रहेका कार्याकर्ता रिहा नगरे काडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । लोसपा नगर कमिटी सिरहाका नगर अध्यक्ष सिरजु रायले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको छ ।

केहिदिन पहिला जग्गाको विषय लिएर मालपोत कार्यालयमा भएको झै झगडामा सिरहा नगरपालिका-१२ सारश्वर अवस्थित पौरानिक सारश्वरनाथ महादेव मन्दिरको अगाडीमा पारवतीको मन्दिर बनाउनका लागि आवश्यक परेकोले जग्गा खरिदको प्रकृया पुरा गराई जग्गा दाता सहित सिरहा नगरपालिका-१२ सारश्वरका वाडा अध्यक्ष शिवशंकर झाको नेतृत्वमा जग्गा रजिष्टेशन गराउन मालपोत कार्यालय सिरहा पुग्दा मिति गत साउन ११ मा जग्गा पास गर्ने क्रममा जीवछ गुप्ता र भाई नथू भन्ने नारायण प्रसाद गुप्ता जग्गासंग कुनै सरोकार नै नभएको व्यक्तिले मालपोत कार्यालय सिरहामा हुल हुज्जत वाधा अबरोध गरी गाली गलोज समेत गदै पटक पटक विवाद उत्पन्न गरि झैझगडा गर्न वाध्य वनाउदै योजनावध रुपले झगडा भएको लोसपाले जनाएको छ । उक्त घटनामा प्रहरी बोलाई लोसपा नेपालका जिल्ला सदस्य एवम सिरहा नगरपालिका-१२ सारश्वर निवासी संतोष कुमार झा, वडाअध्यक्ष शिवशंकर झालगायतका व्यक्तिहरुमाथि अभद्र व्यवहार मुद्धा दर्ता गरिएकोमा लोसपा नगर कमिटी सिरहाले गम्भिर ध्यान आकर्षण भएको भन्दै दर्ता भएको अभद्र व्यवहारको मुद्दा अविलम्व खारेज गरी थुनामा रहेको झालाई रिहा गर्न जिल्ला प्रसाशन सिरहासंग माग गरेको छ । रिहा नगरिए चरणवद्व आन्दोलनमा उत्रिन बाध्य हुने प्रेस विज्ञप्तिमा मार्फत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!