सिरहा । सिरहा जिल्लामा यस ७८ प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र सिरहा अनुसार जिल्लामा ७८ प्रतिशत रोपाई साउन महिनाको दोस्रो साता अर्थात वुधवारसम्म सकिएको हो ।

कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्र कुमार महासेठले सिरहामा ५४ हजार हेक्टरमा धानखेती हुँदै आएकोमा आद्यावधिक गरिएको तथ्यांक अनुसार ७८ प्रतिशत अर्थात ४२ हजा १२० हेक्टर क्षेत्रफलमा धानवाली रोपाई भएको बताएका छन् ।

मनसुन समयमै सुरु भएपनि सिरहा जिल्लामा धान रोपाई ढिला भईरहेको छ । नियमित रुपमा वर्षा नहुँदा र प्रयाप्त रुपमा सिंचाई सुविधाको अभावमा सिरहा जिल्लामा धान रोपाई ढिला भएको हो । अहिले पनि धान रोपाई गरिएको खेतमा पानी नहुँदा धाजा फाट्ने गरेको रोपिएका धानवाली सुक्न लागेको छ । आकाशे पानीको भरमा सिरहा जिल्लामा धानखेती हुँदै आएकोले रोपाईमा समस्या हुने गरेको प्रमुख महसेठले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय