प्रदेश नं २राजनीतिसमाचार

विद्यालय व्यवस्थापन समिति गठन भएको करिब डेढ वर्ष पछि शिक्षक प्रतिनिधी छनौट

ADVERTISEMENT

सिरहा । सिरहा नगरपालिका वडा नं. ११ स्थित रहेको श्री माध्यमिक विद्यालय भलुवाहीको विद्यालय व्यवस्थापन समितिको गठन करिब डेढ वर्ष पछि शिक्षक प्रतिनिधी छनौट भएको हो ।

ADVERTISEMENT

मावि भलुवाहीमा विद्यालय व्यवस्थापन समितिको २०७७ पुस १५ गते अभिभावकहरुबाट सर्वसम्मत चार सदस्य, पदेन सदस्य वडा अध्यक्ष र सदस्य सचिव प्रधानाध्यापक सर्वसम्मत चयन भएको थियो । हाल अभिभावकहरु मध्येबाट छनौट भएका चार सदस्य मध्ये जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसी विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने गरेको प्रधानाध्यापक शैलेन्द्र कुमार यादवले बताए ।

ADVERTISEMENT

शिक्षक प्रतिनिधी छनौट ढिलाई भएको स्वीकार गर्दै विद्यालयमा परिक्षा, कोभिड लगायतको आन्तरिक कारणले ढिलो हुन गएको प्रधानाध्यापक यादवले बताए । विद्यालय व्यवस्थापन समिति पुरा गर्न बाँकी रहेका दुई जनालाई चाडै थप गरी पुर्न गरिने छ र ६ जना पुरा भएपछि उनीहरुबाट विद्यालय व्यवस्थापन समिति अध्यक्षको चयन गरिने प्रअ यादवले बताए ।

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!