सिरहा । सिरहाको औरही गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा जनता समाजवादी पार्टी जसपाका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित शिवजी यादवले ३ हजार ४६० मत पाए । उनका निकटम प्रतिद्वन्द्वी नृकपा माओवादी केन्द्रका सिद्धार्थ यादवले २ हजार ८४ मत पाए ।

यस्तै उपाध्यक्षमा रेणुकुमारी यादव ३ हजार ५५६ मतसहित विजयी भइन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी विनिता कुमारी यादवले २ हजार ७८ मत पाइन् ।

गाउँपालिका अध्यक्षमा निर्वाचित सिवजी २०७४ सालमा ६ मत अन्तरले पराजित भएका थिए ।

औरहीको वडा नम्बर १, ३ र ५ मा जसपा, २ मा नेकपा एमाले र ४ मा माओवादी केन्द्रवाट वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय