समाचारस्थानीय चुनाव २०७९

तराई मधेश लोकतान्त्रिक पार्टीले खाता खोल्यो

ADVERTISEMENT

महोत्तरीको महोत्तरी गाउँपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीले खाता खोलेको छ । तमलोपाका उम्मेदवार अध्यक्ष र जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

ADVERTISEMENT

बुधवार आएको मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा तमलोपाका दीलिप कुमार पाण्डेले २ हजार ३३६ मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार अजयजंग रायले २ हजार २०८ मत ल्याए ।
यस्तै उपाध्यक्षमा जसपाकी दिपोदेवी पासवान निर्वाचित भएकी छन् । उनले २ हजार ६४ मत ल्याइन् भने उनको निकटतम प्रतिद्वन्दी तमलोपाका ललिता देवी साह १ हजार ९९१ मत ल्याइन् । गाउँपालिका अध्यक्षमा पाण्डे निर्वाचित भएसँगै लोकतान्त्रिक समाजवादी पार्टीबाट विभाजित भएर बनेको तमलोपाले पहिलो गाउँपालिका अध्यक्ष पाएको छ ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!