सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जनमत पार्टीले जितेको छ । यो पार्टीबाट मेयर पदका उम्मेदवार वीरेन्द्र माझी निर्वाचित भएका छन् ।

माझीले जसपाका उम्मेदवार एवं निवर्तमान मेयर शैलेश साहलाई १६१ मत अन्तरले पराजित गरेका हुन् । माझी ६ हजार ४०७ मत ल्याएर निर्वाचित हुँदा साहले ६ हजार २४६ मत प्राप्त गरे ।

साह २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट मेयरमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी जसपामा थिए । हनुमानगर कंकालिनी जितसँगै जनमत पार्टीले आफ्नो जितको पहिलो खाता खोलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!