
सिरहा । सिरहा नगरपालिकाको मेयरमा नेकपा एमालेका डा. नविन कुमार यादवको अग्रता कायमै रहेको छ ।
पछिल्लो ताजा मतगणना अनुसार डा. नविन कुमार यादवले ७ हजार ४ सय २१ मतका साथ आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । त्यस्तै उनका निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसका उपेन्द्र कुमार यादवले ६ हजार ७ सय ७६ मतका साथ डा. नविन कुमार यादवलाई पछ्याइरहेका छन् । यता जनता समाजवादी पार्टीको अशेश्वर प्रसाद यादवले ५ हजार ९ सय ८६ र नेकपा एकीकृत समाजवादीका रिता यादवले ४ हजार ६ सय ८७ मत प्राप्त गरेका छन् ।
त्यस्तै सिरहाको उपमेयरमा नेकपा एमालेकै बबिता कुमारी साहले अग्रता कायमै राखेका छन् । उनले ६ हजार ८ सय ६८ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याई रहेका नेपाली कांग्रेसका सरिता कुमारी यादवले ६ हजार ७ सय २९ मत प्राप्त गरेका छन् भने जनता समाजवादीका शशी मित्रा माझी मुसहरले ५ हजार ५ सय ७७ र एकीकृत समाजवादीका रविन्द्र साहले ५ हजार ९३ मत प्राप्त गरेका छन् ।