सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपाकै उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा शिवउदगार यादव ४ हजार ५५४ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वमाेहनप्रसाद यादवले २ हजार ५२५ मत ल्याएका छन् ।

उपाध्यक्षमा जसपाकै पुनम यादव ४ हजार ३१८ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसकी शाेभाकुमारी यादवले २ हजार ३८५ मत प्राप्त गरेकी छन् ।



