धनुषाको नगराइन नगरपालिका–८ मा चुनाव हार जितको विषयमा विवाद हुँदा गोली चलेको छ । काँग्रेस र एमाले समर्थक दाजुभाईको बिचमा विवाद हुँदा गोली चलेको हो ।

झगडामा संलग्न ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले बताए । क्षेत्रीले भने–‘घटनास्थलबाट २ वटा पेस्तोल बरामद गरेका छौं ।’  चुनाव हारतिजको विषमा राजिव पासवान, धर्मेन्द्र पासवान र श्रीनारायण पासवानको बीचमा विवाद भएको थियो ।

झगडा गर्नेहरु पारिवारिक सदस्य हुन् । उनीहरुले ३ वटा पेस्तोल प्रदर्शन गरेका थिए । तर, प्रहरीले घटनास्थलबाट दुईवटा पेस्तोल बरामद गरेको छ । घटनास्थलमा फायर भएको एक राउण्ड गोलीको खोका भेटिएको डिएसपी क्षेत्रीले जानकारी दिए ।  आरोपीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!