समाचारस्थानीय चुनाव २०७९

सिरहा : विष्णुपुर गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा जसपा विजयी

ADVERTISEMENT

सिरहा । सिरहाको विष्णुपुर गाउँ पालिकाको एउटै वडा जित्न नसकेपनि प्रमुख भने नेकपा एमालेले हात पारेको छ। निवर्तमान गापा अध्यक्ष जागरेश्वर यादवलाई ४१ मतले पछि पार्दै नेकपा एमालेका सत्य नारायण यादव गाउँ पालिका अध्यक्ष निर्वाचित भएका हुन्।

ADVERTISEMENT

सत्य नरायणले २ हजार १ सय ५८ मत प्राप्त गरेर विजयी हुँदा, उनका निकटतम प्रतिद्वन्द्विहरु निवर्तमान अध्यक्ष तथा जसपाका उम्मेदवार जागेश्वर यादवले २ हजार १ सय १७ मत र नेपाली काँग्रेसका उम्मेदवार कुशेश्वर यादवले १ जहार ९ सय ६० मत प्राप्त गरेका छन्।

ADVERTISEMENT

उपाध्यक्षमा भने जनता समाजवादीका गीता कुमारी सिंह विजयी भएकी छिन्। उनी २ हजार २ सय ७२ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्विहरु नेपाली काँग्रसकी चन्द्र कला कुमारी यादवले १ हजार ९ सय ६९ र नेकपा एमालेका शान्ति देवी यादवले १ हजार ७ सय ६४ मत प्राप्त गरेकी छिन्।

पाँच वटा वडा रहेको यस पालिकामा ३ वटा नेपाली काँग्रेस र २ वटा वडामा जसपाका उम्मेदवार विजयी भएका छन्।
जसपाका भोगेन्द प्रासद यादवले वडा नम्वर १ बाट ७ सय ९८ मत, जय कुमार यदवले ३ नम्वर वडाबाट ४ सय ४१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

त्यसैगरी, नेपाली काँग्रेसका प्रमोद कुमार यादवले वडा नम्वर २ बाट २ सय ७७, रामबाबु यादव ४ बाट ९ सय १५ र जयनारायण यादव ५ नम्वर वडाबाट ६ सय १८ मत प्राप्त गरी निर्वाचित भएका छन्।

यस गाउँ पालिकामा ६ हजार ८ सय ८८ पुरुष र ६ हजार १ सय ६४ महिला सहित १३ हजार ५२ मतदाता रहेपनि ९ हजार ७ सय २४ मात्र मतदान भएको निर्वाचन कार्यालय सिरहाले जनाएको छ।

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!