सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका ३ मा जनता समाजवादी पार्टी नेपालका जय कुमार यादव पुनः निर्वाचित भएका छन् ।

वडाध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भएका जय कुमार यादवले ४ सय ८२ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्धन्दीमा नेपाली कांग्रेसका कांग्रेसका विजय कुमार यादवले ४ सय ५६ प्राप्त गरेका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गजेन्द्र यादवले २ सय ६५ मत प्राप्त गरेका छन् ।

यस्तै वडा सदस्यमा जनता समाजवादी पार्टी नेपालका अशोक कुमार यादवले ४ सय ५३ मत, जागेश्वर महतो ४ सय ६०, दलित महिला सदस्यमा चुमनी चमैनले ४ सय ७३ र महिला सदस्यमा नेपाली कांग्रेसका निर्मला देवी यादवले ४ सय ७१ मत ल्याई विजयी भएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय