सिरहा । सिरहा नगरपालिका २१ लगठीगोठमा नेपाली कांग्रेसका वागी उम्मेदवार सुरेन्द्र कुमार मण्डल विजयी  भएका छन् ।  पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्र कुमार मण्डल ३३ मत अन्तरले विजयी भएका हुन् । स्वतन्त्र रुपमा हाँस चुनाव चिन्ह्र लिएर चुनाव लडेका मण्डलले चार सय ७० मत प्राप्त गरेका छन्।

निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादी पार्टीका बालेश्वर यादवले चार सय ३७, जनता समाजवादी पार्टी नेपालका हिन्दकेश्वर लाल कर्ण ले चार सय १२, नेपाली कांग्रेसका ताराकान्त यादवले चार  सय १२ र नेकपा एमालेकी परमेश्वरी देवी मण्डलले दुई सय ७१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय