सिरहा । सिरहा नगरपालिका वडा नम्बर ११ मा जनता समाजवादी पार्टी नेपालका विनोद कुमार कामती पुनः निर्वाचित भएका छन् । वडाध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भएका कामतीले ६ सय ५३ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका दिपु कुमार कामतीले ५ सय २१ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका सत्यनारायण कामतीले २ सय ३७ मत प्राप्त गरेका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा कामतीले दिपुलाई नै पराजित गरेका थिए । यो सँगै २२ वडा रहेको सिरहा नगरपालिकामा जनता समाजवादी पार्टी नेपालले २ वटा वडामा विजयी प्राप्त गरेको छ । वडा नम्बर १ मा महेश कुमार यादव निर्वाचित भएका छन् ।

यस्तै वडा नम्बर २ मा नेपाली कांग्रेसका राकेश कुमार यादव, वडा नम्बर १० मा नेकपा एमालेका दीपक कुमार मुखिया, वडा नम्बर २२ मा नेकपा एकीकृत समाजवादीका जिवछ नारायण यादव निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय