सिरहा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रचारप्रसार केन्द्रीय कार्यालय सचिव प्रकाश अधिकारीमाथि आक्रमण भएको छ ।
सिरहाको मिर्चैया नगरपालिका–९ घुर्मी बजार नजिकै कार्यालय सचिव अधिकारीमाथि बासको भाटाले आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणवाट सचिव अधिकारीलाई समान्य चोट लागेको छ । घुर्मी स्थित लाईफलाइन हेल्थ केयरमा उपचार गरी थप उपचारको लागि गोलबजार पठाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

सचिव अधिकारी सिरहा नगरपालिकाको बा २ झ ३६५१ नम्बर भएको सरकारी गाडी (स्कारपियो) मा सवार भएर गोलबजार स्थित घर जाने क्रममा आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणवाट गाडीमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
आफूमाथि आक्रमण गर्ने जसपा पार्टीका नेता राजकिशोर यादवको भाई रहेको सचिव अधिकारीले दावी गरेको छ । राजकिशोरको भाई कासिन्द्र र पवितर यादवले लगायतले आक्रमण गरको भन्दै सचिव अधिकारीले बल्ल ज्यान जोगिएको बताएका छन् ।

स्थानीय तहको टिकट वितरणको विषयमा आन्तरीक विवाद भएपछि अधिकारीमाथि आक्रमण भएको बुझिएको हो । सिरहा जिल्लाको स्थानीय तहको टिकट वितरणको विषयमा अधिकारीले हस्तक्षेप गरेको जसपाका स्थानीय नेताहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय