अपन दैनिक संवाददाता
सिरहा, ११ बैशाख । एसईई परीक्षा भयमुक्त हुन सकेन् । एसईइ परीक्षाको दोस्रो दिन आईतवार सिरहा जिल्लाका तीन वटा परीक्षा केन्द्रबाट ८५ जना परीक्षार्थीलाई निस्काशित गरिएको छ ।
दोस्रो दिन अनिवार्य गणित विषयको परीक्षा अनुमगन गर्न पुगेका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी नेतृत्वको अनुगमन टोलीले परीक्षार्थीहरुले परीक्षामा अर्मयादित गतिविधि गरेपछि निस्काशित गरेको हो ।
प्रजिअ कवारी नेतृत्वको टोलीले सिरहाको लहान नगरपालिका–२० मा रहेको माध्यमिक विद्यालय हनुमाननगर ब्रम्हान गोर्छारी केन्द्रका १९ जना विद्यार्थीलाई निस्काशन गरेको छ । उक्त टोलीले परीक्षा अमर्यादित रुपमा सञ्चालन भईरहँदा त्यसलाई रोक्न वेवास्ता गरेको भन्दै विद्यालयका प्रध्यानाध्यापक समेत रहेका केन्द्राध्यक्ष राजेन्द्र यादवलाई हटाउने तयारी गरेको जनाएको छ ।
यस्तै अनुगमन टोलीले सोही नगरपालिकाको वडा नम्बर–१४ मा रहेको बस्तीपुर उच्च माध्यमिक विद्यालय वस्तीपुरबाट ३५ जना परीक्षार्थीलाई निस्काशित गरेको छ । उक्त विद्यालयका प्रध्यानाध्यापक समेत रहेका केन्द्राध्यक्ष देवेन्द्र यादवलाई हटाउन लागेको छ । त्यससँगै लहान नगरपालिका–११ मा रहेको माध्यमिक विद्यालय पडरीया थारुटोल सेन्टरबाट २६ जना विद्यार्थीलाई निस्काशन गरेको जनाएको छ । उक्त विद्यालयका प्रध्यानाध्यापक समेत रहेका केन्द्राध्यक्ष रामसेवक यादवलाई हटाउन लागिएको शिक्षा विकास तथा समन्व्य ईकाइ सिरहाले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाइ सिरहाका ईकाइ प्रमुख रामवृक्ष महतोले परीक्षामा अनियमित गरेको, चिट चोरी गरेको जस्ता आधारमा निस्किाशित गरिएको बताएका छन् । त्यस क्रममा प्रजिअ नेतृत्वको टोलीले सयौं थान एन्ड्रोइड मोबाईल पनि नियन्त्रणमा लिएको थियो ।
अनुगमन टोलीमा प्रजिअ कवारीसँगै नेपाली प्रहरीका एसपी अर्जुन प्रसाद तिमिल्सिना, सशस्त्र प्रहरी बलका एसपी रमेश कुमार थापा, राष्ट्रिय अनुसंधानका विभाग सिरहा कार्यालय प्रमुख तुलसीराम प्रसाई, नेपाल पत्रकार महासंघ सिरका शाखा अध्यक्ष मनोज वनैता लगायत सहभागी रहेका थिए ।
यस वर्ष एसईईमा सिरहा जिल्लावाट ९ हजार ८ सय ६१ जना विद्यार्थी सहभागी भईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय