काठमाडौ । प्रतिनिधि सभाको अर्काे बैठक चैत २ गते बस्ने गरी आइतबारको बैठक स्थगित भएकाे छ। आज संसदमा पेश भएको प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा विरुद्धको महाअभियोगबारे आगामी बैठकमा छलफल हुने छ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले महाअभियोग प्रस्ताव प्रतिनिधि सभामा पेश गरेका हुन् । प्रतिनिधि सभा बैठकमा महाअभियाेग पेश गरिएकाे हाे ।

१ फागुनमा प्रतिनिधिसभाका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।
संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम बमोजिम प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको हाे। सांसदहरु देव गुरुङ, पुस्पा भुसाल, जीवनराम श्रेष्ठ प्रस्तावक थिए भने बाँकी सांसदले समर्थन गरेका थिए।
त्यस्तै, सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ प्रतिनिधिसभामा पेस गरिएको छ ।
प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरेका हुन् ।



