मिथिलाको सांस्कृतिक र पौराणिक परम्परा बोल्ने कविता
भूमिका
मैथिली समाजमा मनाइने “सामा–चकेवा” पर्व केवल धार्मिक रीतिमात्र नभई प्रेम, नारी–गरिमा, र पारिवारिक निष्ठाको प्रतीक हो। कवि रमेश पराजुली (दारि भाई) ले यस कविता मार्फत त्यस पर्वको पौराणिक कथा, मिथक र समाजिक सन्देशलाई काव्यात्मक शैलीमा प्रस्तुत गरेका छन्।

कविता
१
समाले भनिन् चखेवालाई एक हाम्रो कथा छ ।
दुनियाले सुनोस, मन्मा नि गुनोस जुन हाम्रो व्यथा छ ।
दिवाली वित्यो, छट पनि सिदयो मैथली समाजमा कात्र्तिक शुक्ल सप्तमी तिथी पूर्णिमा को माझ्मा,
२
साइवेर, या देखि हिमाली भेगको तल्लो त्यो भू–भाग्मा
लददाख देखि चीन हुँदै रसीया अन्त्यमा नेपालमा
नदी र तलाऊ समा छ नायक, चखेवा नायीका
चुक्लाले, चुक्ला, लाइदियो दुख् लाई दियो साइट ।
३
कृष्णकी छोरी हुन ती समा जङगलमा खेल्दथीन् ।
वृन्दावन गर, सहेली भर आफैमा रम्दथीन
एक दिन चुक्ला वनेर वुरा कृष्णलाई गफलायो ।
तपाइकी छोरी चरीत्र हिन्छे भनेर सुनायो ।
४
झटपट उठी बनेर रुठी सरापे कृष्णले
तिमैरु दुवै वनेर पन्छी जिन्दगी विताउनु
कृष्का छोरा शामाले सम्झे सराप छ मेटाउँनु
लागेको दाग चखेवा सामा कै गरी मेटाउनु ?
५
कनैया पुत्र श्यामाले सम्झे दोषीत छैनन् ती मेरा वैनी जुवाँइ
ज्वाई मिथीहला गर तपस्या गरी दिलाउँछु मुक्तिी मै ।
वैनी र जुवाँई चरा भै गर अनुष्ठान गर्नु छ ।
चराको नाम्मा मनाउने पर्व संरक्षण गर्नुछ ।
६
पिताको सराप धेरै नै खराव मुक्ती नै गर्नुछ,
खाउँ–खाउँ र लाउँ–लाउँ हेर्दै छन् ती मेरि वैनीता
भनेर तिन्ले सारै नै कठोर तपस्याँ गरेथे !
इश्वरै खुशी बनार, मुक्ती प्रशान्त गरेथे ।
त्यसैको नाउँमा मैथीली गाउँमा पौराणीक कथालाई
धर्मनै मानी पूज्दछन् आज मन्दिर र तालाव गै ।
———————————————————————————————
समीक्षा र सन्देश
कविताले मिथिलाको मौलिक संस्कृतिको जीवित रूप “सामा–चकेवा” पर्वको उत्पत्तिकथा उजागर गर्छ। यसमा कृष्ण, समा र चकेवाको सम्बन्धमार्फत नारी सम्मान, धार्मिक आस्था र पारिवारिक प्रेमको सशक्त चित्रण गरिएको छ। कविता सांस्कृतिक संरक्षण र समाजिक चेतनाको सन्देश बोकेको छ।
कवि परिचय
रमेश पराजुली (दारि भाई) सिरहा सदरमुकाम स्थित माउन्ट एभरेस्ट सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक हुन्। शिक्षणसँगै साहित्यिक सिर्जनामा सक्रिय पराजुलीले मिथिला र मैथिली संस्कृतिलाई केन्द्रमा राखेर कविता, गीत र लोककथाहरू लेख्दै आएका छन्।



