काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाइने बताएकी छिन् ।
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भीडभाड तथा आवागमनसम्बन्धी व्यावहारिक कठिनाइलाई सम्बोधन गर्न सरकारले महिला लक्षित ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याएको बताइन् ।




