सप्तरी । सप्तरी प्रशासनले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा लागू गरिएको निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार सोमबार बिहान १० बजेदेखि निषेधाज्ञा हटाइएको जनाएको हो।

जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनामा उल्लेख छ।

यससँगै राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा लागू रहेका निषेधात्मक आदेश बिहान १० बजेदेखि पूर्ण रूपमा समाप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

saptari

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय