
काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर ह्वातै बढेको छ।
पछिल्लो एक हप्तामा नेपालमा करिब पाँच हजार संक्रमित थपिएका छन्।
यसरी हिसाब गर्ने हो भने नेपालमा प्रतिघन्टा कम्तिमा २८ जनामा कोरोना संक्रमण देखिँदै आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक हप्ताको तथ्यांक हेर्ने हो भने नेपालमा ४ हजार ७७३ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार गत सोमबार ३२६, मंगलबार ३९३, बुधबार ४३५, बिहीबार ५४०, शुक्रबार ९६८, शनिबार ९४४ र आज ११६७ जनामा कोरोद्दा संक्रमण देखिएको छ।