‘कहिल्यै झुट बोल्नुहुन्न है’ संभवत यसरी हामी सबैले आफ्ना बालबच्चालाई अर्ती दिएका छौं । हामी उनीहरुलाई सम्झाई–बुझाई गर्दै भन्ने गर्छौं, ‘कहिल्यै, कसैसँग झुट नबोल्नु ।’

तर सोचौं त, तपाईं-हामीले कहिल्यै झुट बोलेनौं ?

जुन बेलादेखि हामीमा बुद्धि–विवेक आयो, त्यही बेलादेखि हामीले झुट बोल्न थाल्यौं । आफुलाई सहज बनाउन, आफुलाई जोगाउन वा आफुलाई सग्लो राख्न झुट बोल्यौं । त्यती मात्र होइन, अरुलाई कमजोर बनाउन पनि हामी बेलाखत झुटको साहारा लिन्छौं । सानोतिनो कुरामा झुट बोल्छौं । कहिले काहीँ झुट बोल्नुपर्ने आवश्यक्ता हुँदैन । तैपनि झुट बोल्छौं । किन ?

झुट बोल्ने प्रवृत्ति सबैमा हुन्छ । तर, कसैले बढी नै झुट बोल्छन् भने कसैले असहज स्थितीबाट बाहिर आउन मात्र झुट बोल्छन् ।

करीब दुई दशक अघि क्यालिफोर्निया युनिभर्सिटीका सामाजिक मनोविज्ञान पढाउने प्रोफेसर बेला डे पोलेले त एउटा दस्ताबेज नै तयार गरेका थिए, किन झुट बोल्छन् भन्ने सन्दर्भमा ।

पोलो र उनका साथीले एक सय ४७ जना वयस्कालाई सोधेका थिए, एक हप्तामा उनीहरुले कति पटक झुट बोले ? नतिजा के आयो भने उनीहरुले दिनमै औसत दुई÷चार पटक झुट बोले । यद्यपि यी धेरैजसो झुट अरुलाई हानी पु¥याउने वा धोका दिने खालको भने थिएन । बरु, आफ्नो कमजोरी लुकाउनका लागि वा दोस्रोको भावनात्मक चोट नपुगोस् भनी झुट बोलेका थिए । एक अर्को अध्ययनमा पोलोले पाए कि, धेरैजसो मान्छेले कुनै मौकामा वा एक वा त्यो भन्दा बढी पटक झुट बोल्छन् ।

झुट बोल्ने बानी हो वा अरु ?

सन् २०१७ जुन महिनाको अंकमा नेशनल जियोग्राफिकले झुट बोल्नुको पछाडि वैज्ञानिक कारण के हुन्छ भनी एउटा लेख छापेको थियो । त्यस लेख अनुसार मान्छेले झुट बोल्न थाल्नु कुनै नयाँ प्रतिभा होइन । शोधका अनुसार भाषाको उत्पत्तिसँगै झुट बोल्नु हाम्रो व्यवहारको हिस्सा बन्यो ।

आखिर किन बोल्छन् झुट ?

हिटलरका प्रचार मन्त्री जोसेफ गोयबल्सको एउटा कुरा निकै चर्चित छ । उनका अनुसार कुनैपनि झुट यति धेरै बोल्नुपर्छ कि त्यो साँचो बन्छ र सबैले त्यसलाई पत्याउन थाल्छन् ।

कतिपय मान्छे यस्तै हुन्छन्, जो एउटै कुरा बार–बार झुट बोलिरहेका हुन्छन् । झुटो कुरालाई सत्य सावित गर्न मान्छेले अरु झुटको साहारा पनि लिन्छन् ।

मनोवैज्ञानिकका अनुसार कति मान्छेमा झुट बोल्ने प्रवृत्ति नै हुन्छ । उनीहरु झुट बोलिरहन्छन् । कतिपयले भने परिस्थितीवस् वा बाध्यतामा झुट बोल्छन् । झुट किन बोल्छन् त ? यसको कुनै एकमात्र कारण हुँदैन । मान्छेले आफ्नो बानी अनुसार, परिस्थिती अनुसार झुट बोल्छन् ।

धेरैजसो अवस्थामा मान्छेले आफ्नो कमीकमजोरी लुकाउन झुट बोल्छन् । आफुले गरेको गल्ती लुकाउन झुट बोल्छन् । साथसाथै अरुलाई असत्य सावित गर्न पनि मान्छेले झुट बोल्छन् । अरुलाई ठग्न, दुःख दिन मान्छेले झुट बोल्छन् ।

एक सहज तरिका

यदि हामी सत्य मात्र बोलिरह्यौ भने व्यवहारिक जीवनमा त्यो कति संभव होला ? सत्य कुरा मान्छेले सहजै पचाउँदैन पनि । सत्यलाई स्विकार्न पनि सजिलै राजी हुँदैनन् । त्यही कारण पनि झुट बोल्नुपर्ने बाध्यता आइलाग्छ ।

मान्छेले आफुलाई सहज बनाउनका लागि झुटको साहारा लिन्छन् । हार्वर्ड युनिभर्सिटीमा नीतिशास्त्र पढाउने सिसेला बोक भन्छन्, कसैको सम्पति हासिल गर्नका लागि चोरी गर्नु वा उसको हत्या गर्नु भन्दा सजिलो विधी हो झुट बोल्नु ।

विचारको समर्थन

सबैभन्दा बढी झुट कसले बोल्छन् होला ? हामीले देखे-भोगेका छौं, नेताहरुले । नेताहरुले आफ्नो स्वार्थ र प्रभाव कायम राख्नका लागि झुटको साहारा लिन्छन् ।

अमेरिकाको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकै कुरा गरौं । उनले के दावी गरेका थिए भने आफ्नो शपथग्रहण समारोहमा ऐतिहासिक भिड जम्मा भयो । तर, वाशिङटन पोस्टले ‘फ्याक्ट चेक’बाट पत्ता लग्यो कि, फोटोशपको माध्यामबाट भिड देखाएर ट्रम्पले त्यस्तो हल्ला फैलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!