काठमाडौँ — सेयर बजारको परिसूचक नेप्से सोमबार पनि दोहोरो अंकले घटेको छ । आइतबार ११.४७ अंक घटेको बजार सोमबार थप १३.५४ अंक घटेर १९१२ अंकमा कायम भएको छ । कुल ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार करिब ७५ करोडको कारोबार भएको थियो । कुल २८ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने १२ को स्थिर रह्यो ।

बैंकिङ ५, विकास बैंक १४, फाइनान्स १७, होटल तथा पर्यटन ६, जलविद्युत् ३०, जीवन बीमा ५२, उत्पादन १३, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ४६, अन्य २३ र ब्यापार उपसमूह ७ अंक घटे । युनाइटेड इदी मर्दीको मूल्य सबैभन्दा धेरै ४ प्रतिशत बढ्यो भने सामुदायिक लघुवित्तको ५.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नबिल बैंक, रिडी पावर, हिमालयन डिस्टिलरी, अपी पावर र पुनर्बीमा कम्पनी क्रमश: अगाडि रहे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय