सिरहा । नेकपा एमालेको भातृ संस्था प्रेस चौतारी नेपालको मधेश प्रदेश अधिवेशनले सिरहा जिल्लाको समितिको विवाद सल्टाएको छ ।
रौतहटको चन्द्रपुरमा सम्पन्न भएको मधेश प्रदेशको अधिवेशनवाट पूरानै समितिलाई बैद्यता प्रदान गरेको छ ।

गत फागुन १८ मा केही दिन अगाडी सिरहाको लहानमा प्रेस चौतारीको सिरहा जिल्ला अधिबेशनले भएको थियो । उक्त अधिवेशनवाट जिबछ यादव नेतृत्वमा समिति चयन गरेको थियो । प्रेस चौतारीको मधेश प्रदेश अधिवेशनवाट जारी गरिएको विज्ञप्तीमा अनुसार स्व घोसित प्रेस चौतारी नेपाल सिरहाको जिल्ला समिति अबैधानिक रहेको ठहर गरेको छ । चौतारीका केन्द्रीय उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज लालबाबु शेखले रामभरोशी महतोको नेतृत्वमा रहेको पुरानो समिति नै अर्काे अधिवेशन नहुन्जेलसम्म आधिकारिक रहेको घोषणा गरेको छ । यस्तै फनि महतको अध्यक्षमा २७ सदस्यीय मधेश प्रदेश समिति सर्वसम्मतिले चयन गरेको छ । अधिबेशनले प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिको सल्लाहकार समेत समिति पनि चयन गरेको छ ।

सल्लाहकारमा सिरहाका बरिष्ठ पत्रकार अर्जुन थपलिया, रेडियोकर्मी जिबछ चौधरी लगायत चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय