सिरहा । नेकपा एमाले सिरहा जिल्ला उपाध्यक्ष डा नबिन यादबले नेपाल रेडक्रस सोसाइटी सिरहाको अधिवेशन पारदर्शी र नियम संगत बिधिबाट हुनुपर्ने माग गरेका छन् ।
नेपाल-भारत सीमा नजिकैको सिरहा नगरपालिका २० लगडिगदियानीमा अगामी माघ २५ मा अपारदर्शी र अनियमित तरिकाले अधिवेशन आयोजना गर्न लागेकोले आरोप लगाउदै डा यादवले सदस्यता वितरण र हरहिसाब पारदर्शी गर्न माग गरेको छ । अगामी २४ घण्टाभित्र सदस्यता वितरण र हरहिसाब पारदर्शी नगरिए नेपाल रेडक्रस सोसाइटी सिरहा शाखामा तालाबन्दी गरिने डा यादवले बताएका छन् ।

अधिवेशन रोक्नको लागि जिल्ला प्रशासन कार्यालय सिरहामा जानकारी गराउन डेलिगेशन जान लागेको उनले बताए ।
रेडक्रस सोसाइटी शाखा सिरहामा अहिलेसम्म सिमित व्यक्तिको हालीमुहालीको कारण मनमौजी, अपारदर्शी र भ्रष्टाचार बढ्दै गएको डा यादवको आरोप रहेको छ ।
यता सिरहामा २४ वटा उपशाखा रहेकोमा २१ वटा सर्वसम्मत, एउटामा निर्वाचन, एउटामा तदर्थ कमिटी र एउटामा ३ महिना म्याद थप भएको नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाका सभापति राजदेव यादवले बताए ।
हालसम्म कहि कतै कुनै बिवाद नभएको आरोप लगाउने ले लगाउ छ । कुनै पनि आरोपमा सत्यता नरहेको उनले बताए ।



