निर्वाचन आयोगले २७ जना कर्मचारीको सरूवा तथा पदस्थापन गरेको छ।

आयोगको आज बसेको बैठकले उपसचिव, शाखा अधिकृत, जिल्ला निर्वाचन अधिकारी तथा कम्प्युटर अधिकृत लगायत कर्मचारीको सरूवा तथा पदस्थापन गर्ने निर्णय हो।

निर्णयअनुसार प्रमुख निर्वाचन कार्यालय कोशीका उपसचिव युवराज गुरागाईंलाई निर्वाचन आयोगमा सरूवा गरिएको छ भने उपसचिव राजन थापालाई आयोगमा पदस्थापन गरिएको छ। शाखा अधिकृत सुरेन्द्रकुमार यादवलाई मधेस प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा पदस्थापन गरिएको छ।

त्यस्तै, जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्मालाई रूकुम पूर्वबाट निर्वाचन आयोगमा सरूवा गरिएको छ।

हेर्नुस् को कहाँ सरूवा तथा पदस्थापन भए ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय