सिरहा । सिरहा जिल्लामा हात्ती पाईले रोगको संक्रमण दर पत्ता लगाउन सर्भे गरिने भएको छ । राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम ट्रान्समिसन एसेसमेन्ट सर्भे (टास–३) सम्बन्धी जिल्ला स्तरीय अभिमूखीकरणमा यस्तो बताईएको हो ।

सन् २०१६ मा सिरहा जिल्लामा हात्तीपाईले रोगको औषधी खुवाउने कार्यक्रम सकिएर दुई चरणको संक्रमण दर पत्ता लगाउन परिक्षण भईसकेको कार्यक्रममा जानकारी गराईएको छ । जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोको अध्यक्षतामा सम्पन्न भएको अभिमुखीकरणमा सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख अर्जुन प्रसाद तिमिल्सिना, जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्यकर्मी, विद्यालयका स्वास्थ्य शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

सन् २०११ बाट हात्तीपाईले रोग विरुद्धको औषधी खुवाईने अभियान सन् २०१६ सम्म चलेको र अहिले दुई चरणको संक्रमण दर पत्ता लगाउन परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए ।
सिरहा जिल्लाका ३० विद्यालयमा तेस्रो चरणको परीक्षण गरी हात्तीपाईले रोगको संक्रमण कस्तो भन्ने कुराको यकिन गर्ने सर्वे सुरु गर्न लागिएको प्रमुख यादवले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय