सिरहा । प्रहरीले भन्सार छलीका तीन करोड १० लाख बराबरीको समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र माहतहतका प्रहरी युनिटले आर्थिक वर्ष २०७८/०७९ मा भन्सार छलेर भारतबाट ल्याइए र भारततर्फ तस्करी गर्न लागेका सामग्री बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता समेत रहेका डिएसपी सुवाष बुढाथोकी अनुसार गत आव २०७८÷०७९ मा भन्सार छलेर नेपाल ल्याउँदै र भारततर्फ पुर्याउँदै गरेका सामग्री बरामद गरी ३ करोड १० लाख मूल्य बराबरीको रहेको बताए । उक्त सामाग्रीहरु जिल्लाका विभिन्न नाकाबाट भन्सार छली गरिएको डिएसपी वुढाथोकीले बताए ।

प्रहरीले ३ करोड १० लाख बराबरी रहेको दावी गरिएपनि उक्त सामग्री भन्सार कार्यालयले लिलामी गरी आउने राजश्व नै मुख्य रह्ने गरको छ । प्रहरीको प्रतिवेदन अनुसारमा बरामद गरिएको सामग्री लिलामी हुने गरेको छैन् । प्रहरीले प्रचलित दरभाउ कायम गरी भन्सारमा बुझाउँदा लिलामी प्रकृयामा ढिलाई हुने गर्छ ।
प्रहरीले बरामद गरी भन्सारमा बुझाएको सामग्रीमा लत्ताकपडा, मोटर पार्टपुर्जा, किरानाका सामान, कस्टमेटिक समानहरु, सुर्तीजन्य समानहरु, इलेक्ट्रोनिक्सका समानहरु रह्ने गरेको छ । नेपालबाट भारततर्फ मदिरा, मटर, स्याउ लगाउतका समान बरामद तस्करी हुने गरेको छ ।

तस्करीका समानबाट ९४ लाख २४ हजार राजश्व असुली
नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयले बरामद गरिएको तस्करीको समानबाट ९४ लाख २४ हजार २ सय ३ रुपैयाँ राजश्व असुली गरेको छ । भन्सार कार्यालय सिरहा अनुसार भन्सार कार्यालयले लिलामीका ६३ वटा मुद्दाबाट १९ लाख ९२ हजार १७६ रुपैयाँ, सशस्त्र प्रहरीले लिलामीका ३०४ मुद्दाबाट ४९ लाख १६ हजार ७१६ रुपैयाँ र नेपाल प्रहरीले लिलामीका १२८ मुद्दाबाट २५ लाख १५ हजार ३११ रुपैयाँ असुली भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय