सप्तरी । नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गरिएकाे छ।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले सप्तरीमा आज आयाेजना गरेकाे  प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम​मा वक्ताहरूले  यस्ताे माग गरेका हुन् ।

कार्यक्रम का प्रमुख अतिथि केन्द्रीय सदस्य तथा नेपाल प्रहरी का पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाले हिन्दू सनातन धर्म सबैभन्दा पुरानो धर्म रहेको तथ्य प्रस्तुत गर्दै अन्य धर्महरू यसबाट फुटेर बनेको दाबी गरेका थिए ।

केही नेताहरूले देशलाई रातारात धर्म निरपेक्ष घोषित गरेको प्रति असन्तुष्टि प्रकट गर्दै उनले आफ्नो संस्कार माथि कुनै प्रकारको हस्तक्षेप भएमा बहिष्कार गर्नुपर्ने बताउँदै सबैलाई यस अभियानमा लाग्न आह्वान समेत गरे ।

विशिष्ट अतिथि तथा कथा वाचक कान्ति मणि त्रिपाठीले सानो सानो गैर सरकारी संस्थाहरू मार्फत हिन्दूहरूलाई पथ भ्रष्ट बनाई विश्वासघात भइरहेको जानकारी गराउँदै राष्ट्रलाई जागृत गराउनुपर्ने आवश्यकता औँल्याए ।

धर्म निरपेक्षताले चार वर्ण छत्तीस जातको यो सुन्दर फूलवारी लाई सत्यानाश गरेको चर्चा गर्दै उनले कुपात्र को महत्व हुँदा प्रकृति सन्तुलित नरहने गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय