(डिएसपी) सुवाष बुढाथोकीविशेष सुरक्षाहोली

अपन दैनिक ब्यूरो ।
सिरहा,  । होली पर्वमा हुन सक्ने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीले सिरहा जिल्लाभरीमा विशेष सुरक्षा योजना लागू गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले फागुपूर्णिमा अर्थात् होली पर्वलाई लक्षित गरी इच्छा विपरीत ‘लोला हान्ने वा रंग लगाउने, फोहर पानी छ्याप्ने, विपरीतलिंगी वा यात्रीलाई दुःख दिने’ लगायतका कार्य रोक्न विशेष सुरक्षा योजना लागू गरिएको जनाएको छ ।

रंगहरुको पर्व होली पर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण रुपमा मनाउन र मर्यादा विपरीतका कार्य गरिएमा नियन्त्रणमा लिई कारबाही गर्ने गरी प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवाष बुढाथोकीले बताएका छन् ।

यस्तै मादक पदार्थ सेवन गरी हिँड्ने, जथाभावी सवारी साधन चलाउने, सामाजिक सद्भाव र मेलमिलाप भड्काउने गतिविधि गर्ने, साम्प्रदायिक सहिष्णुताविरुद्ध हुने गतिविधि नियन्त्रण गर्न चारवटा रणनीति अपनाइएको डिएसपी बुढाथोकीले बताएका छन् ।

प्रहरीले होली पर्वको अवसरमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै नियमित प्रहरी परिचालन सहित विभिन्न स्थानमा विशेष सुृरक्षा सेवा राखिने, मातहतसहित मोवाइल गाडी १२ वटा, मोटरसाइकल गस्ती २३ वटा, पिकेट २१ स्थानमा, सप्र्रराइज चेकिङ ५८ स्थान र ट्राफिक प्रहरी सहितको विशेष टोली परिचालन गरी जाँच गरिने र सूचना संकलनका लागि सादा पोशाकका प्रहरीलाई परिचालन गरिने डिएपी वुढाथोकीले बताएका छन् । त्यसैगरी कुनै घटना घटे प्रहरीलाई खबर भएको ७ देखि १० मिनेट भित्रमा प्रहरी पुग्नेगरी ७ वटा रिजर्व टोली गठन गरिएको डिएसपी वुढाथोकीले जनाएका छन् । गत वर्ष प्रहरीले होली पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना अन्तर्गत ४ सय ५५ सुरक्षाकर्मी खटाइएको थियो । प्रहरीले सम्य र मर्यादित हिसाबले होली पर्व मनाउन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय