सिरहा । सिरहा गोलबजार (डोहटिय) की सदाले अन्तराष्ट्रिय स्तरको लोकप्रिय कार्यक्रम ‘द भ्वाईस अफ नेपाल’ कार्यक्रममा आफनो मात्रृभाषा अर्थात नेपालमा बोलिने दोस्रो भाषा मानिने ठेठ मैथिली भाषाका लोक गीत मार्फत आफनो पहिचान दर्साउन सफल भएकी छिन् । शान्ती सदाले मँचमा दिएको प्रस्तुतिले जजिष्टहरु निकै प्रभावित भएका थिए ।

मँचमा जानु अघि सदाले आफ्नो समुदायबाट अहिलेसम्म यस्तो शो मा कोही पनि नआएको बताउँदै आफू आउँदा डर र खुसी पनि उत्तिकै लागेको बताइन् । मँचमा झिझियाको गीत गाएर जजिष्ट तथा दर्शकको मन मोहेकी शान्तीले ससुरा पक्षले गरेको सहयोगको सराहना गरिन् ।

अहिले पनि मधेशी समुदायमा एकाधलाई बाहेक आफ्नी बुहारीलाई स्कूल पठाउने नगण्य नै होला, तर शान्तीकी सासूआमाले उनलाई टाई बेल्ट लगाएर विद्यालय सम्म पुरयाएको सुनाएपछि दर्शकहरु भावुक भएका थिए । सो क्रममा जजिष्टहरुले समेत भावुक बनेको देखियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय