#सिरहाफुटवलसिरहा जिल्ला लिग फुटवल प्रतियोगिता

सिरहा । आदित्य स्मृति सिरहा जिल्ला लिग फुटवल प्रतियोगिताको उद्घाटन खेलमा शुक्रवार सृजना सामुदायिक विकास केन्द्र चोहर्वा विजयी भएको छ ।

सूर्य नारायण सत्य नारायाण मोरबैता यादव बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा सृजना सामुदायिक विकास केन्द्र चोहर्वाले हिम कस्तूरी युबा क्लब लहानलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगत सिरहा जिल्ला फुटबल संघले जिल्ला लिग आयोजना गरेको छ ।

लिगको उद्घाटन सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!