
काठमाडौं। एसीसी पुरुष यु१६ इस्ट जोन कपको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई सस्तैमा समेटेको छ।
मलेसियाको क्वालालम्पुरस्थित कोलेज टुवान्कु जाफर ओभलमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको जापानले ३४.३ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटियो।

पहिलो खेलमा सिंगापुरलाई छ विकेटले पराजित गरेको नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ। नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।