सिरहा । मातृभूमि युवा समाज नेपालको आयोजनामा सिरहा नगरपालिका वडा नं. २ र ७ मा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरमा सर्वसाधारणले स्वास्थ्य परीक्षण, सामान्य रोगको निदान, विशेषज्ञ चिकित्सकबाट परामर्श तथा निःशुल्क औषधि प्राप्त गर्ने सुविधा पाएका थिए। उक्त शिविरमा तीन सयभन्दा बढी स्थानीयवासी सहभागी भएका थिए, जसले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

कार्यक्रममा डा. ओम प्रकाश साह, डा. अभिनाश पूर्व, राम कुमार, अमित मुखिया, बले साह, सन्तोष यादव, सुमित यादव, शुभम् यादवलगायत स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको उल्लेखनीय सहयोग रहेको थियो। स्थानिय बासिन्दाले यस्ता सेवा–मुखी गतिविधिहरू निरन्तर जारी रहनुपर्नेमा जोड दिँदै मातृभूमि युवा समाज नेपालप्रति आभार व्यक्त गरेका छन्।

मातृभूमि युवा समाज नेपालका अध्यक्ष मनिष यादवले समाजले आगामी दिनहरूमा पनि स्वास्थ्य, सरसफाइ र शिक्षा जस्ता सामुदायिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै सामाजिक उत्तरदायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय