खाडी देश कतारमा रहेका नेपालीहरुले विजया दशमीको अवसरमा टीका लगाएर शुभकामना आदानप्रदान गरेका छन् । कतारको राजधानी दोहा र नजिकै विभिन्न कम्पनीमा रहेका नेपालीहरुले विजया दशमीको टीका ग्रहण गरेका छन् ।

कतिपय परिवार सहित बस्दै आएकोले पनि दशमीको टीका ग्रहण गरेका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कृष्ण पन्थी अनुसार नेपालीहरु परिवार सहित बस्दै आएकोले शुभचिन्तक र कम्पनीमा काम गर्ने नेपाली श्रमिकसंगै टीका लगाएर शुभकामना आदानप्रदान गर्ने गरेको बताए ।

व्यवसयी लक्ष्मी ठाकुरले आफन्तहरुसंगै यसवर्ष टीका ग्रहण गरिएको बताएका छन् । जमरा र निधारमा टीका लगाएर यस पटकको विजया दशमी कतारमा मनाएको पत्रकार राम एकबाल रामले बताए । यस पटक घर जान नपाएकोले यतै टीका लगाईएको उनले बताए । नेपालीहरु दशैंमा उत्साहपूर्वक टीका र जमरा ग्रहण गर्ने गरेको पत्रकार रामको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय